कैलालीमा बुहारी हत्या आरोपमा सासू–ससुरा पक्राउ

दार्चुला । कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् ।

नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाईं नाता पर्ने जयबिरले उनीहरुलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा १८ जेठमा पारिवारीक विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिरपटले हानेर हत्या गरेको देखिएको प्रहरी निरीक्षक साउँदले जानकारी दिनुभयो। बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा करीब ३ किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पुर्याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको आरोप छ ।

शव गाडिसकेपछि उनीहरुले बुहारी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि उनीहरु फरार भएको प्रहरीको भनाइ छ । २२ जेठसम्म कञ्चनपुरको बिचफाँटास्थित आफन्तको घरमा बसेका उनीहरुलाई शनिबार भने घर ठेगानाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतक कविताका श्रीमान भने विगत एक वर्षदेखि दोस्रो विवाह गरेर भारतमा बस्दै आएका छन् । कविताका दुई जना छोरा–छोरी छन् ।अनलाइनखबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?