गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै आज सुदूरपश्चिम ठप्प

दार्चुला । कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आज सुदूरपश्चिम बन्द गरिएको छ ।

२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो ।

६ अर्बको लागतमा ४२ वटा भवन निर्माण हुँदा पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन ध्यान नदिएपछि बाध्य भएर आम हडताल गरिएको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिनुभयो ।

उनका अनुसार आज यातायात, बजार, उद्योग कलकारखाना, विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ । अति आवश्यक सवारी साधनमा भने रोक नलगाइने भट्टले जानकारी दिनुभयो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन आह्वान गरिएको बन्दका कारण धनगढीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

यसअघि शालीन आन्दोलन गर्दै आइरहेको सङ्घर्ष समितिले आज आम हड्तालको आह्वान गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?