दार्चुला । डोटीमा सेती नदीमा डुबेर एक जनाको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–२ को पक्की पुल नजिक हिजो दिउँसो नुहाउने क्रममा ३७ वर्षका तेजबहादुर खड्काको ज्यान गएको हो ।
नदीमा बगेका खड्काको शव झन्डै एक किलोमिटर तल घोल्तडामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




