दार्चुला । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा से.७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका–१७ का ४५ वर्षीय धनिराम चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया