बैतडीको एक विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

दार्चुला । बैतडीको दुर्गम सिगास गाउँपालिका–५ मा रहेको शारदा मावि ढुङगाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ। गत दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताउनुभयो।

विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने समस्या देखा परेपछि पठनपाठन प्रभावित भएको छ। उहाँले भन्नुभयो, ‘विद्यार्थीमा विगत दुई हप्तादेखि रुने, कराउने र बेहोस हुने लक्षण देखा परेको छ। बढीजसो छात्रामा यो समस्या देखा परेको छ। विद्यालय समयमा यस्तो समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ।’

यो विद्यालय ५ वर्षअघि पनि विद्यार्थीहरूमा यस्तो समस्या देखा परेको थियो। त्यो वेला केही समयमै आफैं ठिक भए पनि हाल भने दुई हप्तासम्म पनि निको नहुँदा समस्या भएको विद्यालयले जनाएको छ। विद्यार्थीहरू बिहानको समयमा लाइनमा लागेका वेला र कक्षाकोठामा छात्राहरू बेहोस भएर ढल्ने गरेका छन्।

छात्राहरूमा रुने, कराउने र बेहोस हुने समस्या देखा पर्नुको कारण पत्ता लाग्न नसकेको र समस्या समाधानका लागि सिगास गापालाई खबर गरिएको प्रधानाध्यापक चन्दको भनाइ छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?