दार्चुला । बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर मृत्यु भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ घर भएका अन्दाजी ३५ वर्षीय लडे जेठाराको यार्सा संकलनका क्रममा लडेर ज्यान गएको हो ।
सुर्मा ४ स्थीत हलेली भन्ने स्थानमा बिहीबार वेलुका ६ बजे लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढेका जेठारा बिहीबार बिरामी आमालाई भेट्न भन्दै घर फर्किरहेका थिए ।
एक्लै घर फर्किरहेका जेठाराको शव बिहीबार राति ८ बजे मात्रै भेटिएको प्रहरीले बताएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया