दार्चुला । लोकसेवागुरू भनेर चिनिने मित्र घिमिरेले दार्चुलाको खलङ्गामा आइतबारदेखी कक्षा संचालन गर्ने भएका छन् ।
लोकसेवाको तयारीमा लागेका देशभरिका हजारौ विद्यार्थीहरूलाई काठमाडौं,पोखरा बिराटनगर,बुटवल, सुर्खेत लगायत थुप्रै शहरहरूमा लोकसेवा सम्बन्धी प्रशिक्षण दिएर लोकसेवाको गुरूको ख्याती कमाएका युवा प्रशिक्षक मित्र घिमिरेले दार्चुलाको खलङ्गामा असार ३ गते आइतबारदेखी लोकसेवाको तयारी कक्षा पढाउने भएका हुन् ।
लोकसेवा तयारी कक्षा लिई हजारौ विद्यार्थीहरूलाई विभिन्न ठाउँमा सिफारिसका लागि सफल बनाएका घिमिरे एक अब्बल प्रशिक्षकका रूपमा चिनिन्छन। लोकसेवा , शिक्षक सेवा , सुरक्षा निकाय , संस्थान लगायत सबैका लागि आवश्यक पर्ने जि के (general knowledge ,आईक्यु र लेखन शैलीमा प्रशिक्षण दिदै आएका घिमिरेले असार पहिलो हप्ताबाट दार्चुलाको खलङ्गामा समेत लोकसेवा तयारी कक्षा लिने बताएका छन ।
आफु नायब सुब्बा रहेको अवस्थामा समेत शाखा अधिकृतको तयारी कक्षा पढाउने गरेका घिमिरे युवा विद्यार्थीहरू माझ लोकप्रिय प्रशिक्षककको रूपमा समेत चिनिन्छन।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया