जिपको ठक्करबाट घाइते भएका डोटीका एक युवकको मृत्यु

दार्चुला । कैलालीमा जिपको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका( ४ खैरेनामा प्रदेश ३(०१(०२४च ५१४८ नम्बरको जिपले से ३ प ८९२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका(९ बस्ने ३५ वर्षीय राजेन्द्रसिंह खड्का रहेका छन् । छाती र मुखमा गम्भीर चोट लागेका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

खड्का सवार मोटरसाइकललाई ठक्कर दिने जिप र चालक गोदावरी नगरपालिका( १ का झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?