दार्चुला । बैतडीको एक सडकमा वषौँदेखि बजेट नपरेपछि स्थानियले मकै लगाएका छन् । जिल्लाको सुर्नया गाउँपालिका २ को पत्ताल भुमेश्वर गेटदेखि भम्कापानी सम्मको ग्रामीण शाखा सडकमा स्थानीयले सडक खनेर मकै लगाएका हुन् ।
वर्षौ देखि बजेट नपरेको र परेको बजेटलेपनि अन्य ठाउँमा काम हुने गरेको भन्दै हातेट्याक्टरले जोतेर मकै लगाएको स्थानीय युवा हरिश विष्टले बताउनुभयो । सडक निर्माणमा कसैले चासो नदिएपछि सडकमा परेको आफ्नो जमिनमा मकै छरेको उहाँले बताउनुभयो ।
भत्तालभुमेश्वर देखि डाँडाबाग सम्म जोड्ने सडक अधुरो रहेको छ । यो सडकको स्थानीयहरुले नै मिलेर एक दशक अगाडी उद्धघाटन गरेका थिए । सो सडक निर्माण गर्दा बिचमा सरकार पक्षबाट पनि बजेट आएको थियो तर कति बजेट आएको र कहिले आएको हो यो भने यकिन भएको छैन् ।
सो शाखा सडक पत्ताल भुमेश्वर मुल गेटदेखि भम्कापानि भन्ने ठाउँ र उता डाँडाबागबाट सुनीबाट सम्म विस्तार भएको बताइएको छ । त्यसपछि बजेट अभावमा सो सडक बिच भागमा खनिएको छैन् ।
उनले यो सडक विस्तार हुँदा चन्दा समेत दिएका थिए । राजनीतिकदलका नेता, जनप्रतिनिधि लगायत सरोकारवालाहरुले कुनै चासो नदिएकाले जोतेर मकै लाउन बाध्य भएको युवा विष्टले बताउनुभयो । जनश्रमदान, स्थानीयको चन्दा र सरकारको थोरै बजेटमा निर्माण भएको सडकले पूर्णता नपाएपछि नागरिकहरु आक्रोसित भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया