ट्याक्टरबाट खसेर बाजुरामा एक किशोरको मृत्यु

दार्चुला । बाजुरामा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ९ का १५ वर्षीय नितेश थापको शनिवार ट्याक्टरबाट खसेर मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार गड्तोलास्थित बुढीगंगा नदी किनारबाट से १ त १४०८ नम्बरको ट्याक्टरमा ढुङ्गा ल्याउदै गर्दा उनी ट्याक्टरबाट खसेका थिए।

उनको भित्रि शरिरमा चोटपटक लागेको र उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?