दार्चुला । डडेल्धुरामा डोजर दुुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको आलीताल गाउँपालिका–८ गोदामबजारबाट भित्री सडकमा जादै गरेको अवस्थामा सुप.प्र. ०१–००१ क १६८३ नम्बरको डोजर दुर्घटना हुँदा चालक बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहराको मृत्यु भएको हो ।
सडकबाट करीब ३० फिट तल कपसे खोलामा खसेर डोजर दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




