बैतडी पुर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा

दार्चुला । बैतडी पुर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सदरमुकामस्थित गोठलापानीमा एक कार्यक्रमको आयोजना गरेर मंगलबार जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्लाका १० ओटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाईसकेकाले जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाका लागि १६ देखि ५९ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको हुनुपर्दछ । उक्त उमेर समूहका १५ हजार २१ बालबालिकाले खोप तालिकाअनुसार खोप पाइसकेका छन् ।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नका लागि यहाँका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्दछ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षण समेत गर्ने गर्दछ छ । १६ देखि ५९ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरेको थियो । प्रत्येक स्थानीय तहका ३÷३ वडामा घुरधुरी सर्वेक्षणमा एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको थियो । यि सबै कार्य पूरा भइसकेकोले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

वि स २०७२ साल असार ६ गते बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?