होन्डुरसको एक महिला कारागारमा हिंसा भड्किँदा ४१ जनाको मृत्यु

दार्चुला । होन्डुरसको एक महिला कारागारमा दंगा भड्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ।

प्रतिद्वन्द्वी गिरोहबीच झगडा भएपछि एउटा गिरोहले कारागारमा आगजनी गरेको अधिकारीहरुलाई उदृत गर्दैै बबिसीले जनाएको छ।

घटनामा अधिकांशको जलेर मृत्यु भएको छ भने केहीको गोली लागेर मृत्यु भएको हो। घटनालगत्तै देशका उप–सुरक्षा मन्त्री जुलिसा भिल्लानुएभाले आपतकालिन अवस्थाको घोषणा गर्नुभएको छ।

उनले सो कारागारमा बाँकी रहेका सबै कैदीबन्दीलाई संगठित अपराधको मुद्दा चलाइने जनाइएको छ। घाइते भएका अन्य केही कैदीहरूलाई अस्पताल भर्ना गरिएको छ।

सन् २०१९ मा उत्तरी बन्दरगाह सहर तेलाको एउटा जेलमा भएको सामूहिक हिंसामा कम्तीमा १८ जनाको मृत्यु भएको थियो।एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?