दार्चुला । गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर गृहजिल्ला बझाङ लगिएको छ। श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको उनको शव हेलिकोप्टरमार्फत बझाङ लगिएको हो।
मन्त्री सिंहका जेठा छोरा नर्वेमा छन्। उनी शुक्रवार नेपाल आइपुग्ने र त्यसपछि मात्रै स्वर्गीय सिंह दम्पती र उनकी भाउजु जयाको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
त्यतिञ्जेल तीनै जनाको शव जिल्ला अस्पतालमा राखिनेछ। मंगलबार दिउँसो बझाङको केदारस्युँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा उनकी पत्नी र भाउजूको पनि निधन भएको थियो। दुर्घटनामा घाइते चालक र पीएसओको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया