कैलालीमा बस र ट्रक एक आपसमा ठोकिएर १५ जना घाईते

दार्चुला । कैलालीमा बस र ट्रक एक आपसमा ठोकिएर १५ जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका( १० घुम्ती भाकलमा एक आपसमा बस र ट्रक ठोकिएर दुर्घटना हुदा १५ जना घाईते भएका हुन्।

प्रहरीका अनुसार ट्रक चालकको अवस्था गम्भीर रहेको छ । उनको खुट्टा समेत भाँचिएको छ ।

पूर्वबाट पश्चिम तर्फ गईरहेको सुपप्र ०१००१ख २७५९ नम्बरको ट्रक र पश्चिम बाट पूर्व तर्फ जादै गरेको म १ ख ९०९ नम्बरको बस आज दिउसो  पहलमानपुरको घुम्ती भाकलमा बस र ट्रक एक आपसमा ठोकिएका हुन् । दुर्घटनामा गाडी चालकहरु समेत घाईते भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?