दार्चुला । हत्या आरोपमा बैतडी प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल रहेका छन्।
दयाललाई डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीया गीतादेवी मल्लको हत्या आरोपमा पक्राउ गरिएको हो।
विसं। २०७८ साल साउन ८ गते बैतडीको मेलौली नगरपालिका–५ सेरी माइती घर आउँदै गरेकी गीता मेलौली नगरपालिका–७ ल्वाथलीमा मृत अवस्थामा फेला परेकी थिइन्।
त्यसपछि अनुसन्धान गर्दा घटनामा गोरखको संलग्नता रहेको आशंकामा गोरखलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
गोरखले गीताको शव आफूले फालेको भनेर प्रहरीसमक्ष बयान दिएका प्रवक्ता खत्रीले बताउनुभयो । गीतालाई मारेर फालेको हो अथवा अन्य केही कारण हो भन्ने विषयमा खुल्न बाँकी छ।
गोरखविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया