कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दार्चुला । अख्तियार दुरुपयोग अनुसन्धानले कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्टसहितका १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगले नदीजन्य वस्तुको रोयल्टी सम्बन्धी ठेक्कामा भ्रष्टाचार भएको भन्दै मेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी समेतका १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राजश्व छुटका लागि गठित कार्यदलका संयोजक एवं वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, सदस्यहरु हिमालयसिंह ऐर, हरिसिंह धामी, नरबहादुर शाह, गोविन्दराज उपाध्याय तथा ठेक्का पाउने भवानी कन्ट्रक्सनका सञ्चालक केशवराज भट्ट, पुष्पराज भट्ट, प्रतिनिधि दिवाकर भट्ट र ईश्वरीप्रसाद भट्टविरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मेयर विष्टसहितका आरोपितहरुले आर्थिक वर्ष २०७७/७८ मा महाकाली नदीबाट ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो उत्खननसम्बन्धी ठेक्कामा कबोल अंक कम देखाएर, राजस्व रकम कम निर्धारण गरेर सम्झौता गरेको अख्तियारको दाबी छ । उनीहरुको यो कामबाट ३ करोड ३३ लाख २२ हजार राजश्व चुहावट गरेको अख्तियारले बताएको छ ।

अख्तियारले विष्ट र तत्कालनि प्रमुख प्रशासकीय अधिकृत भट्टविरुद्ध ३ करोड ३३ लाख २२ हार बिगो माग गरेको छ । त्यस्तै तत्कालिन निमित्त प्रशासकीय अधिकृत जोशीसँग २ करोड ११ लाख ६५ हजार रुपैयाँ बिगो माग गरेको छ ।

राजश्व छुटका लागि गठित कार्यदलका संयोजक हिमाल बहादुर चन्द, प्रशासकीय अधिकृत हरि सिंह धामी, शाखा अधिकृत नरबहादुर शाह र इन्जिनियर हिमालयसिंह ऐरबाट ८५ लाख ५६ हजार बिगो मा गरिएको छ ।

कबोल सम्झौताको सिफारिस विपरीत सम्झौताको साक्षीमा हस्ताक्षर गरी मुख्य मतियार बनेको भन्दै ऐर र गोविन्दराज उपाध्यक्षसँग २ करोड ११ लाख ६५ हजार बिगो र दोब्बर जरिवाना माग दाबी गरिएको छ ।

भवानी कन्सट्रक्सनका सञ्चालक केशवराज भट्ट, पुष्पराज भट्ट, प्रतिनिधि दिवाकर भट्ट, ईश्वरीप्रसाद भट्टकी अंसियार निजकी श्रीमती खगेश्वरी भट्टबाट समेत तीन करोड ३३ लाख २२ हजार बिगो र सजाय माग दाबी गरिएको छ ।

उनीहरु मध्ये प्रतिवादी ईश्वरीप्रसाद भट्टको मृत्यु भइसकेकाले निजको श्रीमती खगेश्वरीबाट असुल उपर गर्ने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?