दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकाले अगामी वर्ष २०८०÷०८१ का लागि ६४ करोड ५४ लाख ११ हजार बजेट ल्याएको छ । नगर सभामा आइतबार बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना धानुकले सामाजिक विकास र सुशासनलाई प्राथमकितामा राखेको बताउनुभयो ।
नगरपालिकाले पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
पुर्चौडी नगरपालिकामा सामाजिक विकास तर्फ ८ करोड ५० लाख, वन बातावरण तथा विपद् व्यवस्थापन तर्फ ५० लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड, पूर्वाधार विकासतर्फ ७ करोड र आर्थिक विकास तर्फ एक करोड विनियोजन गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया