दार्चुला । बाजुरामा खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा– ३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही गाउँपालिका–४ ग्वानी बस्ने संगिता बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
प्रहरीको जानकारीअनुसार बोगटी मार्तडीबाट घर फर्किने बेला खोला तर्ने क्रममा बगाएर २० मिटर तल मृत अवस्थामा फेला परेकी हुन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया