दार्चुला । सरकारले पुनः आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्लाई वार्तामा बोलाएको छ।
आज (मंगलबार) दिउँसो ४ बजे वार्ताका लागि बोलाइएको परिषद्का महासचिव शान्तीनाथ योगीले जानकारी दिनुभयो ।
‘आज सरकारले ४ बजे वार्ताको लागि बोलाएको छ, हाम्रो वार्ता टोली जाने तयारीमा छौँ,’ उहाँले भन्नुभयो।
परिषद्का महासचिव योगीका अनुसार यसअघि २ पटक सरकारसँग वार्ता भइसकेको छ। तर अर्थ मन्त्रालयले वार्ताका लागि प्रतिनिधि नै पठाउन नचाहँदा हालसम्म वार्ताको उपलब्धि मिलेको छैन।
देशभरका विद्यालयका कर्मचारी विभिन्न माग राख्दै जेठ १७ गतेदेखि निरन्तर आन्दोलनमा छन्। अहिले पनि उनीहरूले माइतीघर मण्डलामा अनसन जारी राखेका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया