पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग आठ घण्टापछि सुचारु

दार्चुला । वर्षाका कारण सडक माथिबाट खसेको पहिराले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालनमा आएको छ। राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ ज्यापुमा गएराति ११ बजे पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो।

सडकमा खसेको पहिरो जेसीबीले पन्छाएपछि आज बिहादेखि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिनुभयो। पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको र घण्टौदेखि रोकिएका सवारीसाधन अलपत्र रहेका यात्रु गन्तव्यतर्फ लागेका छन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?