दार्चुला । बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना भएको छ। कपिलबस्तुको चरोडा भन्ने ठाउँमा आज बिहानै ना.६.ख १३३९ नम्बरको बस दुर्घटना भएको हो।
बस रोड भन्दा करिब ५ मिटर तल पल्टिएर दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा परि अन्ताजी सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन् भने अरु समान्य घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरु लाई उद्वार गरि उपचारको लागि सन्जिबनी हस्पिटलमा लगिएको छ।
उक्त बसमा भोलि १६ गते हुने सिभिल सब(असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जानका लागि आएका यात्रु रहेको बुझिएको छ ।
घटनाको थप विवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया