दार्चुला । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले कैलाली कांग्रेस पार्टी कार्यालयमा रिले अनसन सुरू गरेको छ ।
केन्द्रीय समितिमा मनोनीत गर्दा एकलौटी र मनोमानी गरेको, तरुण दलमै नरहेकाहरूलाई मनोनीत गरेको भन्दै उनीहरूले अनसन थालेका हुन् ।
तरुण दलको मानमर्दन हुने गरी विधानविपरीत विभेदकारी सिन्डिकेट प्रथाद्वारा ल्याइएको तदर्थ समितिलाई यथाशीघ्र पुनर्गठनको मागसहित रिले अनसन सुरू गरेको नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर बमले बताउनुभयो ।
आन्दोलन, चुनाव तथा संघर्षमा आफूहरूलाई सम्झने र समिति गठन गरिँदा बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।
आफ्ना मागहरू केन्द्रले सम्बोधन नगरे सुदूरपश्चिम प्रदेशभर नै अनसन थालिने अनसनकारीहरूको चेतावनी छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया