दार्चुला । डडेल्धुरामा एक युवकको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर–३ भट्वाडिका धन वहादुर वोहराका १८ वर्षीय छोरा राम वोहराको मृत्यु भएको हो।
जङ्गलमा भिरबाट लडेर घाइते भएका रामको उपचारका लागि जोगबुडा अस्पताल ल्याउदै गर्दा वाटो मै मृत्यु भएको परिवार स्रोतले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




