दार्चुला । भारतमा मोटरसाइकल दुर्घटनामा परी बैतडीका मोडेल रोहित जोशी(लायन)को मृत्यु भएको छ। बैतडीको पुर्चौँडी नगरपालिका–१ डाडाकोट घर भएका २३ वर्षीय रोहितको भारतमा बिहिबार मृत्यु भएको हो।
जोशी मोटसाइकल पछाडि सवार मुम्बैबाट दिल्लीतर्फ जाँदै गर्दा दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको उनका आफन्तले बताएका छन्।
जोशी म्युजिकल भिडियोको अडिसनका लागि भारत गएका बताइएको छ। उनले केही नेपाली म्युजिक भिडियोमा काम गरेका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया