दार्चुला । कैलालीमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ बेलकोटमा सर्पको टोकाईबाट कमल खड्काकी ९ वर्षीय छोरी नमुना खड्काको मृत्यु भएको हो
बालिकालाई हिजो (बिहीबार) घरमै सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाएपछि आफन्तहरूले उपचारका लागी सेती प्रादेशिक अस्पतालमा पुर्याएका थिए । तर उनको उपचारको क्रममा राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया