बैतडीमा नाबालिक करणी आरोपमा एक जना पक्राउ

दार्चुला । बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोटका राकेश कुँवर करणी आरोपमा बिहिबार पक्राउ परेका हुन्।

कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिनुभयो ।

अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?