नेपाल असफल देश भएको इकोनोमिस्ट टाइम्सको दाबी

दार्चुला । विश्व प्रसिद्ध अखबार दि इकोनोमिस्टले नेपाल असफल राज्य भएको दाबी गरेको छ । चीनका छिमेकी देशहरुको बारेमा एक समाचार बनाउँदै इकोनोमिस्टले नेपाल असफल देश भएको उल्लेख गरेको हो ।

चीनसँग सम्बन्ध भएका देशहरुको चरित्र र चित्र देखाउने क्रममा इकोनोमिस्टले  नेपाललाई असफल देश दाबी गरेको छ । नेपालसँगै पाकिस्तान, उत्तर कोरिया, म्यानमार, लाओस हुँदै अफगानिस्तान जस्ता चीनका छिमेकी देशहरुलाई असफल देश भनेर इकोनोमिस्टले चित्रित गरेको छ ।

चीनका मित्रवत छिमेकि देशहरुमा मलेसिया, बु्रनाइ र ताजाकिस्तानलाई देखाइएको छ भने सम्बन्ध कहिले राम्रो कहिले ठीकै भएका देशहरुको सूचीमा भने रुस, मंगोलिया, काजाकिस्तान, किर्गिस्तान आदिलाई चित्रित गरिएको छ ।

यस्तै, भारत, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया र जापानलाई भने चीनका दुश्मन देश भनेर चित्रित गरिएको छ । नेपाललाई असफल देश भएकोमा ठूला दलहरुबाट राजनीतिक प्रतिक्रिया आएको छैन । Picture : getty images

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?