दार्चुला । बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसलाई सरकारी विश्वविद्यालयको आंगिक बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिकामा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसलाई सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ हिजो (आइतबार) ज्ञापन पत्र बुझाएका हुन्। क्याम्पस प्रमुख प्रमानन्द जोशीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन्।
उक्त विद्यालयको संचालक समिति र बैतडीका पुर्व सांसद एवं माओवादी नेतृ रेनु चन्द, राष्ट्रिय सभा सदस्य समेत रहेका नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि चौधरी लगायतले आइतबार काठमाण्डौँमा प्रधानमन्त्री पृुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटेरै ज्ञापन पत्र बुझाइएको क्याम्पस प्रमुख प्रमानन्द जोशीले बताउनुभयो ।
क्याम्पसमा प्राविधिक शिक्षा भएकाले सरकारले उक्त क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक बनाएर गाँउमै उच्च शिक्षाको सुविधा दिलाउनुपर्ने अभिभावकको माग अनुरुप संचालक समितिले त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेरै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक सम्भाव्यता अध्ययन गरेर सरकारले जनताको माग अनुरुप अघि बढ्ने आश्वासन दिएको क्याम्पस प्रमुख जोशीले बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया