कैलालीमा छाप्रोभित्र भेटियो कटुवा पेस्तोल

दार्चुला । कैलालीमा भारतीय सीमावर्ती क्षेत्रबाट कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका–१९ को आँखीफुुट्टेबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा कटुुवा पेस्तोल बरामद गरेको जनाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) धिरेन्द्र शाहले सहायक सीमा स्तम्भ नम्बर ७३७÷३ नजिकै गाईगोरु हेर्न बनाइएको खरले छाएको छाप्रोभित्र पेस्तोल भेटिएको जानकारी दिनुभयो ।

उनकाअनुसार बिओपी लल्लीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक(सई) कृष्णबहादुर थापा नेतृत्वको टोलीले पेस्तोल बरामद गरेको हो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?