दार्चुला । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ५ दुदिलाका अन्दाजि ६५ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको हो।
बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले बताउनुभयो ।
चट्याङ लागेर बोहरा सँगै ६ वटा बाख्रा पनि मरेका डोटी प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया