दार्चुला । वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले गएराति अवरुद्ध भएको दशरथचन्द राजमार्गमा सवारी आवागमन खुलेको छ। राजमार्ग अन्तर्गत गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाड भन्ने स्थानमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको थियो।
पहिरो जेसिबीको सहायताले पन्छाएपछि राजमार्ग दिउँसोपछि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो।
सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटबाट छुट्ने सवारीसाधन पूर्ण रुपमा बन्द रहेकामा अहिले सञ्चालनमा आएका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया