बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते

दार्चुला । कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा बाघको आक्रमणबाट घाइते भएकी छन् ।

बिहीबार साँझ लालझाडी गाउँपालिका-६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी-९ का वडाध्यक्ष किसन रानाले बताउनुभयो । घाइते भहिलाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

डगौंरालगायत  १०-१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो ।

‘सबैले हो-हल्ला गरेपछि बाघ भागेर डगौंराको ज्यान जोगियो’ ।  यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको मृत्यु थियो । रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?