दार्चुला । दार्चुला बहुमुखी क्याम्पसको प्रमुखमा नरेन्द्रराज अवस्थी र गोकुलेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा परमल सिंह महरा चयन हुनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषदको मिति २०८०/०३/३१ गतेको निर्णय बमोजिम सुदूरपश्चिम विश्वविद्यालय संगठन शैक्षिक प्रशासन निमावली २०६९ परिषद २८ नियम १६२ को व्यवस्था अनुसार मिति २०८०/०४/०१ देखि लागू हुने गरी गोकुलेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पदमा महरा र दार्चुला बहुमुखी क्याम्पसको प्रमुखमा अवस्थी चयन हुनुभएको हो ।
यसअघि दार्चुला बहुमुखी क्याम्पसको प्रमुखमा कृष्णसिंह साउद र गोकुलेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा प्रदिपकुमार जोशी कार्यरत हुनुहुन्थ्यो । सुदूरपश्चिम विश्वविद्यालयले क्याम्पस प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेसंग सुदूरपश्चिम विश्वविद्यालय गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पसको पनि क्याम्पस प्रमुख परिवर्तन गरिएको बताइएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय, दार्चुला बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा उप-प्रा. नरेन्द्रराज अवस्थी, कैलाली- तोयराज भट्ट, टिकापुर- ढबिन्द्र रावल, दुर्गालक्ष्मी- नरेन्द्र बहादुर ऐर, गोकुलेश्वर- परमल सिंह महरा, बैतडी- सुरेन्द्र कुमार बम, मणिलेक- भगिरथ सिंह नेगी, पाटन- बिनोद सिंह भण्डारी, त्रिवेणी- राजेन्द्रप्रसाद भट्ट, सिताराम- दीपक बहादुर साउद, घण्टेश्वर- शरद कुमार अधिकारी, जयपृथ्वी- दिर्घ पण्डित, जनता- परमानन्द अर्याल, बडीमालिका- नर बहादुर कटवाल, बाजुरा- रुपक रौले नियुक्त हुनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया