दार्चुला । बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीको १०० मिटर वरपर मध्यपान गरे ५ हजार सम्म जरिवाना गरिने भएको छ । सोमबार पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीको व्यवस्थापन समितिको बैठकले धुम्रपान, मध्यपान गर्ने, स्वास्थ्यकर्मी र संस्थाको सुरक्षामा असर पर्ने काम गरे कारवाही हुने निर्णय गरेको हो ।
स्वास्थ्य संस्था प्रमुख सुरेश सार्कीद्धारा हस्ताक्षरित सूचनामा स्वास्थ्य चौकीको १०० मिटर वरपर धुम्रपान गरे सुर्तीजन्य पदार्थ ऐन २०६८ अनुसार १०० सय जरिवाना हुने उल्लेख छ । यस्तै स्वास्थ्य संस्थाको १०० मिटर वरपर मध्यपान गरे पहिलो पटकमा १ हजार, दोस्रो पटकमा २ हजार ५ सय र तेस्रो पटक ५ हजार जरिवाना हुने उल्लेख छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




