बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

दार्चुला । बैतडीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी पौने ७ बजेको समयमा निर्माण सामाग्री बोकेको ट्याक्टर दशरथचन्द नगरपालिका वडा नम्बर ६ को सनकट्या भिरमा दुर्घटना हुँदा चालक सुनिल चौधरीको मृत्यु भएको हो । दशरगचन्द नगरपालिका वडा नम्बर २ बाट निर्माण सामाग्री बोकेर सोही नगरपालिकाको वडा नं ६ तर्फ जादै गरेको सुप प्र०१००–२ प ६३८९ को टयाक्टर दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ ।

मृत्यु भएका चौधरीको पूर्ण ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोलि खटिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?