महाकाली नदीमा जलसतह बढ्यो

दार्चुला । डडेल्धुरास्थित महाकाली नदीमा पानीको बहाव बढेको छ। डडेल्धुरा‚ बैतडी र दार्चुला क्षेत्रमा बिहानैदेखि वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढेको हो।

जिल्लाको परशुराम नगरपालिका–५ महाकाली नदी पारिगाउँ बाढीमापन केन्द्रमा मंगलबार मध्याह्न १२ बजेतिर पानी ५ मिटर ८० सेन्टिमिटर पुगेको जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले जानकारी दिनुभयो।

‘नदीमा पानीको बहाव बढेको छ। मैले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको छु’‚ उहाले भन्नुभयो, ‘आज दिनभर पानी पर्ने अनुमान छ। बैतडी र दार्चुलातिर पनि पानी परिरहेको छ। त्यसैले महाकाली नदीमा पानीको बहाव बढेको हो।’

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि सबैलाई सचेत रहन आग्रह गरेको छ। निरन्तर वर्षा भएसँगै महाकालीमा पानीको बहाव र सतह बढ्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?