दार्चुला । कैलालीका तीन बालक ४ दिनदेखि बेपत्ता भएका छन् ।
जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ सुवर्णपुरका कुल बहादुर साउदका छोरा १४ वर्षीय जनक साउद, सोही ठाउँका पहल साउदका ८ वर्षीय आर्यन साउद र १० वर्षीय आदर्श साउद बेपत्ता भएका हुन ।
गत असार ३१ गते दिउँसो २ बजेतिर घरबाट निस्केका उनीहरू आजसम्म सम्पर्कमा आएका छैनन् । घर नजिकैबाट हराएका उनीहरू कतातिर गए भन्ने जानकारी कसैलाई नभएको परिवारले जनाएको छ ।
उनीहरूका परिवारले खोजी गरिदिन प्रहरीमा समेत निवेदन दिएका छन् । यदि कसैले कहीँ कतै फेला पारेमा ९७६९८५३८४६ मा सम्पर्क गरिदिन पनि परिवारले आग्रह गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया