दार्चुला । बैतडीका एक युवकको गाडी दुर्घटनामा परेर भारतमा मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर–४ बिशुनाका देबसिंह धामीका २२ वर्षीय छोरा डम्बरसिंह धामीको भारतको बेंगलोर उटी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेर मृत्यु भएको हो।
१२ दिन पहिले मात्रै आफ्नै काकासँग बेंगलोर गएका उनी डिउटीबाट कोठा जानेबेला हिजो (बिहीवार) बिहान गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका धामीको उपचारको क्रममा मृत्यु भएको आफन्त तिलकसिंह धामीले बताउनुभयो। उनको घरमा श्रीमती र एक छोरी छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया