दार्चुला । डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न एक मजदुर महिलाको विषालु च्याउ खाँदा शुक्रबार राति मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष ५० की राम दुलारी थारु रहेको प्रहरीले जनाएको छ ।
च्याउ खाएर बिरामी परेकी उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




