दार्चुला । महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने करिब २८ वर्षीय जनक भट्टले गएराति कञ्चनपुर स्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट नदिमा हाम फालेका हुन् ।
उनको अवस्था अहिले सम्म अज्ञात रहेको र के कारणले नदीमा हाम फाले भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ । भट्टको खोजिकार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया