सुदूरपश्चिम विश्वविद्यालयमा एक सातादेखि तालाबन्दी, नियमित काम प्रभावित

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरमा एक सातादेखि तालाबन्दी हुँदा नियमित काम प्रभावित भएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित भएको हो ।

साउन १ गतेदेखि केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित भएको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो ।

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय आयोजक कमिटीका सह–सचिव दीपकराज अवस्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरिएको जानकारी दिनुभयो । “हामीले राखेका माग सम्बोधन नभएपछि तालाबन्दी गर्न बाध्य भएका हौँ” उहाले भन्नुभयो, “तालाबन्दी गरेको एकसाता बित्दा पनि छलफलका लागि बोलाएको छैन ।”

विश्वविद्यालयले छलफलमा बोलाए आफूहरू जाने उहाँको भनाइ छ । उहाँले गत पुसमा अनेरास्ववियु र विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, मानविकी सङ्कायतर्र्फ आवश्यक रहेका प्राध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने, छात्रावास निर्माण गर्नुपर्ने, विश्वविद्यालयका प्राध्यापकहरू बाहिर निजी शैक्षिक संस्थामा अध्यापन गर्ने कार्य तत्काल रोक्नुपर्नेलगायत नौ बुँदे माग अघि सारेको बताउनुभयो ।

त्यसैगरी, कार्यविधि मापदण्डविपरीत कर्मचारी प्राध्यापकहरूको सरुवा गर्ने, समयमै कोर्स पूरा गर्नुपर्ने, विश्वविद्यालयको निर्देशक पदमा पूर्णकालीन रुपमा काम गर्नुपर्ने भए पनि सो काम छोडेर केन्द्रीय क्याम्पसमा आर्थिक लाभका लागि पढाउन जाने निर्देशकहरूलाई तत्काल कारबाही गर्नुपर्ने र परीक्षा नियन्त्रण कार्यालयको सह–नियन्त्रक पदमा नियुक्ति भएकाहरूसमेत आर्थिक लाभका लागि क्याम्पसमा पढाउन जाने कार्य भइरहेकाले सो कार्यमा संलग्नहरूलाई समेत कारबाही गर्नुपर्ने माग विद्यार्थी सङ्गठनको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?