प्रि-डिप्लोमा तहको नियमित परीक्षाको आवेदन फारम खुला

दार्चुला । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प्रि– डिप्लोमा तहको सम्बन्धन स्वीकृत प्राप्त गरी आङ्गिक साझेदारी, सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धनरस्वीकृति प्राप्त सम्पूर्ण शिक्षालयहरूले नियमित प्रशिक्षार्थीहरूका लागि परीक्षा आवेदन खुला भएको छ ।

आज एक सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ महिनामा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन सम्बन्धित प्रशिक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई परीक्षा शुल्क बुझाएको बैङ्क भौचरको प्रति आवेदन फारामका साथ बुझाउन आग्रह गरेको छ ,

सर्तहरू पूरा नभएका र तोकिएको समयभित्र फाराम नबुझाउने प्रशिक्षार्थीहरूलाई परीक्षामा सम्मिलित गराउन नसकिने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?