पत्रकार कुटेको आरोप लागेका रास्वपाका बझाङ जिल्ला संयोजक खड्का निलम्बित

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङ जिल्लाका पार्टी संयोजक नगेन्द्र खड्कालाई पदबाट निलम्बन गरेको छ । जिल्लाका एक सञ्चारकर्मीलाई हातपात गरेको आरोप लागेपछि अनुशासन समितिको सिफारिसमा महामन्त्री डा। मुकुल ढकालले निलम्बन गरेका हुन् ।

खड्काले बझाङको सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगी कुटपिट गरेको आरोप लगाइएको छ ।

यस विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो । सञ्चारमाध्यममा आएको समाचारका आधारमा रास्वपाको अनुशासन समितिले सामान्य जाँचबुझ गरेको थियो ।

खड्का दोषी देखिएपछि आजै बसेको अनुशासन समितिको बैठकले पार्टीलाई निलम्बन सिफारिस गरेको हो । महामन्त्री ढकालले घटनाको थप छानबिन गरिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?