बैतडीका एक बालक ५ दिनदेखि सम्पर्क विहीन

दार्चुला । बैतडीका एक बालक सम्पर्क विहीन भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ कनिना डङाका १४ वर्षिय रमेश भट्ट ५ दिनदेखि सम्पर्क विहीन भएका हुन्।

आफन्तका अनुसार उनी आइतबार दिउँसोदेखि सम्पर्क विहीन भएका हुन्। सुस्त मनस्थिति भएका १४ वर्षका छोरा हराएपछि घर परिवारले खोज तलास गरिदिन प्रहरीमा निवेदन दिएको छ। माधव भट्टले आफन्त तथा ईष्टमित्र सबै ठाउँमा खोजतलास गर्दा पनि छोरा सम्पर्कमा नआएको बताएका छन्।

सम्पर्क विहीन भएका रमेशलाई देख्नेले स्थानीय प्रहरी तथा ९८६८७४४२६७ मा खबर गर्न आफन्तले आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?