दार्चुला । डडेल्धुरामा एक युवती मृत फेला परेकी छन्। जिल्लाको आलिताल गाँउपालिका वडा नम्बर ७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद आज बिहान मृत अवस्थामा फेला परेकी हुन्।
हिजो रातिदेखि हराएकी उनको शव घरदेखि पाँच सय मिटरको दुरीमा आज (बिहीबार) फेला परेको बताइएको छ ।
रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका आफन्तले बताएका छन् । घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक उनको माग छ। प्रहरीको टोली अहिले घटनास्थलमा खटिएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया