दार्चुला । सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन्। उनीसँगै डुबेका चार वर्षीय मिलन साउदलाई स्थानीयले उद्धार गरेका थिए। उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ।
दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेका थिए । बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया