दार्चुला । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ ।
सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई सारिएको जानकारी दिएको छ । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।
आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया