दार्चुला । बैतडीमा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किरहेका एक बृद्ध मृत फेला परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडिका ७० वर्षीय धनसिंह भण्डारी आज मृत फेला परेका हुन ।
पञ्चेश्वर ३ स्थित कुलाउँको नविल बैंकबाट बृद्ध भत्ता बुझेर घर फर्किरहेका भण्डारी आज बिहान गोगनपानी भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
भण्डारीको टाउकोमा चोट रहेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया