दार्चुला । कैलालीमा भएका छुुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको चुरे गाउँपालिका र टिकापुर नगरपालिकामा भएका घटनामा किशोरी र बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागाडा बस्ने रामबहादुर तारामी मगरकी १६ वर्षीया छोरी शर्मिलाको बालुवागाडा खोलामा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयकाअनुसार नुहाउने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी शर्मिलाको शव ५०० मिटर तल खोलाको छेउमा बिहीबार बिहान भेटिएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।
यस्तै, टिकापुर नगरपालिका– १ को भित्री कच्ची सडक खण्डमा साइकलबाट लडेर बृद्धको मृत्यु भएको छ । जानकी गाउँपालिका–३ को नयाँ लायकपुर शिविर वस्ने ६६ वर्षीय बुद्धिराम थारुको साइकलबाट लडेर मृत्युु भएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया